Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रहरी कार्यालयमै जवानलाई हातखुट्टा बाँधेर यातना दिएको घटना छानबिन गर्न समिति गठन

    प्रहरी कार्यालयमै जवानलाई हातखुट्टा बाँधेर यातना दिएको घटना छानबिन गर्न समिति गठन

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 1.9K
    SHARES

    सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवानलाई कार्यालयमै हातखुट्टा बाधेर यातना दिएको घटना छानबिन समिति गठन गरिएको छ ।

    प्रदेश प्रहरी कार्यालयले डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको हो । जति सक्दो चाँडो छानबिन गरी प्रतिवेदन बुझाउन टोलिलाई निर्देशन दिइएको छ ।



    गत सोमबार जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिएको भिडियो बुधबार सार्वजनिक भएको थियो ।



    पीडित प्रहरीका भाइ रजनिश रायले आफ्नो दाइले बढी ड्युटी गराएको विषयमा इन्सपेक्टर हेमन्त राईलाई गुनासो गर्न जाँदा मुखामुख भएपछि पाता कसेर १२ घण्टा यातना दिएको आरोप लगाएका छन् ।

    सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बुले भने उनले मादक पदार्थ सेवन गरी जथाभावी सर्वसाधारण र प्रहरी कर्मचारीलाई कुटपिट तथा दुर्व्यवहार गरेपछि नियन्त्रणमा लिइ सम्झाइएको दाबी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार