Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • डीआईजी र एसपीको नाम लिँदै तस्करसँग सेटिङ, ताप्लेजुङका घुमुवाको लहानमा डिल !

    डीआईजी र एसपीको नाम लिँदै तस्करसँग सेटिङ, ताप्लेजुङका घुमुवाको लहानमा डिल !

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 3.2K
    SHARES

    लहान । सिरहामा सीमा सुरक्षा र भन्सार छली तस्करी नियन्त्रणका लागि खटाइएका सशस्त्र प्रहरीका घुमुवाको तस्करहरूसँग मिलेमतो रहेको आरोप लागेको छ ।

    मधेश प्रदेशका बाहिनीपति डीआईजी दीपेन्द्र शाहको समेत संरक्षणमा ७ नम्बर गण सिरहाका एसपी प्रमोद भारतीले सादा पोशाकका घुमुवालाई तस्करहरूसँग सेटिङमा खटाएको आरोप लागेको हो । एसपी भारतीले ताप्लेजुङमा सरुवा भएका घुमुवा हवलदार रामप्रवेश यादवलाई तस्करहरूसँग सेटिङमा खटाएको आरोप छ ।



    सशस्त्र प्रहरी बल मातहतका गण, गुल्म र बीओपीका इन्चार्जहरुले घुमुवा प्रहरी परिचालन गरी अनियमितता गरेको गुनासोपछि सादा पोशाकमा त्यस्तो जनशक्ति राख्न नपाउने नीतिगत निर्णय एक बर्षअघि गरिएको थियो । सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले कार्यभार सम्हाले लगत्तै सादा पोशाकमा घुमुवा परिचालन गर्न नपाउने परिपत्र गरे पनि त्यो लागू हुन सकेको छैन ।



    जसकारण ताप्लेजुङमा हवलदार यादवसँगै काम गर्ने सशस्त्रका सिपाही–हवलदार २४ घण्टा ड्युटी गरिरहँदा रामप्रवेश भने ढुक्कले सिरहामा तस्करहरूसँग होटेलमा डिल गरिरहेका छन् । आइतबार लहानको कान्छा होटेलमा कपडाको कारोबार गर्ने आजाद मियाँ र ओपेन्द्र साहसँग रामप्रवेश रामप्रवेश यादवले डीआईजी र एसपीलाई बुझाउने मासिक दररेट तय गरी तस्करीको लाइन चलाउनका लागि डिल गरेको स्रोतले बतायो ।

    स्रोतका अनुसार सिरहाका भारतसँग सीमा जोडिएका माडर, बरियारपट्टि र बडहरीबाट मियाँ र साहलाई तस्करीको लाइन सञ्चालन गर्ने गरी मासिक तह अनुसार दररेट तय भएको छ । दुई व्यापारीबाट रामप्रवेशले मासिक ६ लाख ५० हजार दररेट तय भएको बताइएको छ ।

    रामप्रवेश यादव लामो समय सिरहाका एसपीका घुमुवाको रुपमा अतिरिक्त असुलीको काम गरिसकेका र धेरै नै गुनासो आएपछि ताप्लेजुङमा सरुवा भएका थिए । तर ताप्लेजुङमा सरुवा भए पनि उनले सिरहामा तस्करीको सेटिङ गरिरहेका छन् । ताप्लेजुङमा उनी कमै जाने गरेका छन् ।

    ताप्लेजुङमा भन्दा बढी उनी सिरहामै सेटिङमा तल्लीन हुने गरेको स्रोत बताउँछ । उनको दरबन्दी नै नभए पनि उनले सिरहामा तस्कर र बाहिनी–गणका हाकिमबीच सेटिङ मिलाउने क्रममा आइतबार कान्छा होटेलमा व्यापारीसँग डिल गरेका थिए । रौतहट घर र ताप्लेजुङमा जागिर भएका रामप्रवेशले लहानमा फ्ल्याट भाडामा लिएर ढुक्कले व्यापारीसँग डिल गरिरहेका छन् ।

    तस्करको लागि काम गरेको बारेमा धेरै गुनासो आएपछि पहाडी जिल्ला ताप्लेजुङमा सरुवा गरे पनि रामप्रवेशले सिरहामा विगतमा घुमुवाको रुपमा जसरी सेटिङ गर्थे, त्यसै गरी गरिरहेका छन् । एसपी भारतीले रामकुमार खङ्गलाई पनि घुमुवा राखेका छन् ।

    घुमुवा रामप्रवेशको सेटिङमा एसपी, डीआईजीसमेत मिलाएर सिरहाका तीनवटै नाकाबाट मियाँ र साहले लहान, मिर्चैयामात्र होइन कटारी र गाईघाटसम्म तस्करीको कपडाको आपूर्ति गर्दै आएको आरोप छ । सिरहाका एसपी भारती, बरियारपट्टिका इन्स्पेक्टर सुरज श्रेष्ठ र माडरका इन्चार्ज डीएसपी पवन खड्का (हाल तालिम) ले यी तस्करीको लाइन खुलारुपमा चलाउन दिएको आरोप लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार