Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एनआरएनए महिला उपाध्यक्षमा सुनिता कँडेलको उमेदवारी

    एनआरएनए महिला उपाध्यक्षमा सुनिता कँडेलको उमेदवारी

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । गैर आवसीय नेपालीहरुको संस्था (एनआरएनए–एनसीसी)अमेरिकाको महिला उपाध्यक्षमा सुनिता सापकोटा कँडेलले उमेदवारी दिएकी छन् ।

    एनआरएनए अमेरिकाकी महिला सचिव रहेकी कँडेले आगामी कार्यकाल २०२३–२०२५ का लागि महिला उपाध्यक्षमा उमेदवारी दिएकी हुन् ।



    विगत ९ वर्षयता निरन्तर रूपमा संस्थाको कृयाशिल सदस्यको रुपमा कार्यरल कँडेल हाल महिला सचिव रहेकी छन् । कँडेलले संस्था भित्र रहेका कमि कमजोरीहरुको नजिकबाट अध्ययन गरेको बताएकी छन् ।



    संस्थालाईलाई थप उचाईमा पुर्याउन अझै आफ्नो योगदानको जरुरी भएको भन्दै आगामी कार्यकालको लागि महिला उपाध्यक्षमा उमेदवारी दिएको बताईन् ।

    कँडेलले एनआरएन एनसीसीकोतर्फबाट महिला उपाध्यक्ष भएमा महिलाहरूमाथि हुने हिंसा न्यूनीकरण गर्न, सुत्केरी तथा बालबालिकाहरूको लागि आवश्यक स्वास्थ्य सेवा र परामर्श सहज बनाउन, महिलाहरूलाई सामाजिक संघ संस्थाहरूमा बढीभन्दा बढि सहभागी हुन उत्प्रेरित गराउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता गरिन् ।

    महिला सक्षमता प्रदर्शन गर्न र महिला पनि नेतृत्वका लागि तयार छन् भन्ने देखाउन पनि आफ्नो उम्मेदवारी रहेको कँडेलले बताईन् ।

    संस्थामा महिलाहरुको गौरवपूर्ण सहभागिता र उपस्थितिको खाँचो रहेको उनको भनाई छ । चितवनको भरतपुर स्थायी घर भएकी कँडेल विगत ९ वर्षदेखि अमेरिकामा बस्दै आएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार