Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुन तस्करी प्रकरणमा भन्सार अधिकृत चन्दसहित ६ जना पक्राउ

    सुन तस्करी प्रकरणमा भन्सार अधिकृत चन्दसहित ६ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । राजस्व अनुसन्धान विभागको विशेष टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको छ ।

    पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् ।



    एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी र भन्सार एजेन्ट पक्राउ परेका हुन् ।



    यसअघि गत मंगलबार, बुधबार र बिहीबार गरेर राजस्व अनुसन्धान विभागले सुन तस्करी संलग्न १० जनालाई नियन्त्रणमा लिएको थियो ।

    गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो ।

    सो सुन भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बरामद गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार