Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इरानमा चार प्रहरीको गोली हानी हत्या

    इरानमा चार प्रहरीको गोली हानी हत्या

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 609
    SHARES

    फाइल तस्विर

    तेहरान । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा पाकिस्तानसँग सीमा जोडिएको अशान्त क्षेत्रमा आइतबार आक्रमणकारीले गस्तीमा गोली चलाउँदा चारजना इरानी प्रहरीको मृत्यु भएको छ ।

    सरकारी समाचार संस्था आईआरएनएका अनुसार प्रहरीको गस्ती टोलीमाथि भएको ‘आतङ्कवादी’ आक्रमणमा परी तीनजना प्रहरी मारिएका छन् ।



    सरकारी टेलिभिजनका अनुसार चौथो व्यक्तिको उपचारका क्रममा पछि अस्पतालमा मृत्यु भएको थियो । आक्रमणको कारण तत्काल स्पष्ट हुन सकेको छैन ।



    सिस्तान–बलुचिस्तान प्रान्तमा भएको अशान्तिमा लागुऔषध तस्करी गर्ने गिरोह, बलुची अल्पसङ्ख्यकका विद्रोही र सुन्नी मुस्लिम अतिवादी समूह संलग्न छन् ।

    गत जुलाई ८ मा जिहादी जैश अल–अदल समूहले गरेको आक्रमणका क्रममा उक्त प्रान्तमा दुई प्रहरी र चार आक्रमणकारीको मृत्यु भएको थियो ।

    गत मे महिनामा सिस्तान–बलुचिस्तानको प्रान्तीय राजधानी जाहेदानको दक्षिणपूर्वमा रहेको सरवनमा सशस्त्र समूहसँग भएको झडपमा पाँचजना इरानी सीमा रक्षकको मृत्यु भएको थियो ।

    सरकारी सञ्चारमाध्यमका अनुसार उक्त आक्रमण ‘देशमा घुसपैठ गर्न खोज्ने एक आतङ्ककारी समूहले’ गरेको थियो तर उसका सदस्यहरू घाइते भएपछि घटनास्थलबाट भागेका थिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार