Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • धरानमा डेंगुका बिरामीको उपचारका लागि छुट्टै अस्पताल सञ्चालन

    धरानमा डेंगुका बिरामीको उपचारका लागि छुट्टै अस्पताल सञ्चालन

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 621
    SHARES

    धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आइतबारदेखि डेंगुका बिरामीलाई उपचार गर्न तत्काल ३० शय्या सञ्चालनमा ल्याएको छ।

    प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेंगु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेंगु शय्या सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले जानकारी दिए । १०० शय्या क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेंगु अस्पतालको रुपमा परिवर्तन गरेको उनले बताए।



    पछिल्लो २ दिनयता प्रतिष्ठानको ५० शय्याको ‘अब्जर्भेसन वार्ड’मा ८५ प्रतिशत शय्या डेंगुका बिरामीले भरिएपछि छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याएको उनले जानकारी दिए। केही दिनयता प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक ६० देखि ७५ जना डेंगु सङ्क्रमित आउने गरेका छन् ।



    डेंगुको जोखिम बढेपछि उपचारबाट वञ्चित नहोऊन् भनेर प्रतिष्ठानले जनशक्तिको अभावका बीच पनि डेंगु अस्पताल सञ्चालनमा ल्याएको उनले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार