Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री र गृहमन्त्रीकै संरक्षणमा सुन तस्करी भइरहेको छ : पदम गिरी

    प्रधानमन्त्री र गृहमन्त्रीकै संरक्षणमा सुन तस्करी भइरहेको छ : पदम गिरी

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 489
    SHARES

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करीको छानबिनका नाममा गृहमन्त्रीले स्टन्ट मात्र गरेको आरोप लगाएका छन् ।

    बुधबार बसेको संसद बैठकमा आकस्मिक समय लिएर बोल्दै प्रमुख सचेतक गिरीले यस्तो बताएका हुन् ।



    प्रमुख सचेतक गिरीले भने,‘सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन सभामुखले सरकारलाई रूलिङ गर्नुपर्छ ।प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीकै संरक्षकत्वमा क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको छ।’



    प्रमुख सचेतक गिरीले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले स्टन्ट मात्र गरेको भन्दै उच्च स्तरीय छानबिन समिति बनाउन माग गरे ।

    प्रमुख सचेतक गिरीले भन्सारबाट पास भएको १०० किलो सुन राजश्व अनुसन्धान विभागले ३ साउनमा बरामद गरेको उल्लेख गरे । गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुन सुकै कोट वा टार होस् म कारबाही गर्छु भनेर जजनतामा भ्रम छरेको उनको भनाई छ ।

    मन्त्रीहरुको सेटिङमा सुन तस्करी भएको दाबी गर्दै एमाले प्रमुख सचेतक गिरीले यसबारे छानबिन गर्न संसदले उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार