Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नर्वेकी आरोही क्रिस्टिन र नेपाली गाइडले तोडे निर्मल पुर्जाको विश्व रेकर्ड

    नर्वेकी आरोही क्रिस्टिन र नेपाली गाइडले तोडे निर्मल पुर्जाको विश्व रेकर्ड

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 549
    SHARES

    काठमाडौं । नेपाली मूलका आरोही निर्मल पुर्जाले ७ महिनाभित्र विश्वका १४ वटा ८ हजार मिटर अग्ला हिमाल चढेर बनाएको विश्व रेकर्ड तोडिएको छ।

    नर्वेजियन हिम आरोही क्रिस्टिन ह्यारिला र नेपाली गाइड तेन्जिन ल्हामा शेर्पाले बिहिबार उक्त विश्व कीर्तिमान तोडेका हुन्।



    म्याग्दीमा जन्मिएका निर्मलले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल ७ महिनाभित्र चढेर २०७६ कात्तिकमा विश्व कीर्तिमान बनाएका थिए ।



    क्रिस्टिन हरिला र गाइड तेन्जेनले पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो केटु हिमाल ब्रोडपिक (८,६११ मिटर) को आज बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ ।

    उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिनामा सफल आरोहण गरेको कम्पनीको भनाइ छ ।

    हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार