Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • त्रिभुवन विमानस्थलबाट करिब ५८ ग्रामको ब्रासलेटसहित भारतीय नागरिक पक्राउ

    त्रिभुवन विमानस्थलबाट करिब ५८ ग्रामको ब्रासलेटसहित भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

    अवैध रूपमा भन्सार छलेर लैजान लागेको करिब ५८ ग्राम पहेँलो धातुको ब्रासलेटसहित ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो पक्राउ परेका हुन् ।



    हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका सिराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा प्रहरीले जाँच गरेको थियो ।



    जाँच गर्ने क्रममा उक्त ब्रासलेट बरामद भएपछि प्रहरीले भारतीय नागरिक सिराजलाई पक्राउ गरेको जनाएको छ । उनीमाथि थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार