Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • साताको पहिलो कारोबार दिन २६ अंकले घट्यो नेप्से, कारोबार रकम दुई अर्ब ५० करोड

    साताको पहिलो कारोबार दिन २६ अंकले घट्यो नेप्से, कारोबार रकम दुई अर्ब ५० करोड

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 633
    SHARES

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ।

    साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा कायम भएको हो ।



    आज बजारमा ६८ लाख ६० हजार ४२ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँको कारोबार भएको छ । गत साता पनि लगातार घट्दै आएको बजारमा आज पनि दोहोरो अंकले गिरावट आएको छ ।



    आजको कारोबारमा सर्वाधिक नाफा पिपुल्स पावर लिमिटेड, सुपर माई हाइड्रोपावर लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक डेबेन्चर२०८० रहेका छन् । भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था र हिमालयन लघुवित्त वित्तीय संस्था सर्वाधिक घाटामा रहेका छन् ।

    उपसमूहतर्फ म्युचुअल फण्डबाहेका बाकि १२ बटै समूहको सेयरमुल्य घटेको छ । त्यसैगरी कारोबारका आधारमा सिभम सिमेन्टस १४ करोड ७८ लाख ७४ हजार ३४९ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार