Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दोहोरो अंकले घट्यो सेयर बजार

    दोहोरो अंकले घट्यो सेयर बजार

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 498
    SHARES

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

    सेयर कारोबार साताको तेस्रो दिन आज नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा पुगेको हो।



    सोमबार नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.१८ विन्दुमा पु्गेको थियो। सो दिन १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।



    यसदिन २६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँमा खरिदबिक्री भयो। आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

    ८ करोड बढिको सेयर कारोबार गरी अपर तामाकोशी शीर्षस्थानमा रह्यो। यस्तै शिवम सिमेन्टको ७ करोड र सोल्टी होटलको ६ करोड बढि रुपैयाँको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को घट्यो भने बाँकी १ को मात्रै बढ्यो।

    म्युचुअल फण्डको ०.३५ प्रतिशतले सेयर मूल्य बढेको हो। आज १९६ कम्पनीको मूल्य घट्दा १७ को मात्रै बढ्यो। ३ उपसमूहको मूल्य भने स्थिर रहयो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार