Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एनआरएनए कतारका अध्यक्ष मुक्तदा समुहको कुटपिटबाट पार्षद् बुद्धि भण्डारीको कानको जाली फुट्यो

    एनआरएनए कतारका अध्यक्ष मुक्तदा समुहको कुटपिटबाट पार्षद् बुद्धि भण्डारीको कानको जाली फुट्यो

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 954
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको समूहले नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारीमाथि कुटपिट गरेको छ । कतारको दोहास्थित नेपाली दूतावासको बैठक कक्षमा गत जुलाई २४ तारिखमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा पार्षद् भण्डारीको समूहमाथि हातपात भएको हो ।

    एनआरएनएमै आबद्ध एक समूहको कुटाइबाट भण्डारीसहित, एनआरएनए अभियान्ता शनिकुमार ओली र अर्का एकजना प्रभात त्रिपाठीमाथि पनि घाइते भएको बताइएको छ ।



    नेपाली जनप्रगतिशिल मंच कतारका अध्यक्ष भण्डारीले कुटपिटबाट आफ्नो कानको जाली नै फुटेको बताए । कानको जाली र हट्टी फुटेको सम्बन्धी रिपोर्ट स्थानीय हमाद अस्पतालले दिएको उनले जानकारी दिए । आफूलाई एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको योजनामा नरेश श्रेष्ठ, अब्दुल रहमानलगायतले कुटपिट गरेको भण्डारीले दाबी गरेका छन् ।



    भण्डारीले दोषीमाथि कारबाहीको माग गर्दै नेपाली दूतावास कतारका राजदूत नरेश विक्रम ढकालसमक्ष निवेदन समेत दिएका छन् । यस्तै उनले एनआरएनए अध्यक्षसहित नेपाल प्रहरीलाई समेत बोधार्थ गराएर अर्को निवेदन पनि दिएका छन् ।

    एनआरएनए अध्यक्ष बद्री केसीलगायतलाई सम्बोधन गरेर प्रेषित निवेदनमा उनले जुलाई २४ का दिन योजनाअनुसार नै आफूसहित ओली र त्रिपाठीलाई मरनाशान्य हुने गरी कुटपिट गरेको उल्लेख गरेका छन् ।

    यस्तै सो क्रममा बाहिरी मान्छेलाई एनआरएनए कतारको पदाधिकारीमा भित्र्याउन दस्तखत गराई सिंगो समाज र एनआरएनएको इतिहासलाई नै लज्जित बनाउने प्रयास भएको उजुरीमा उल्लेख छ ।

    कतार पुलिसमा समेत कार्यरत रहेका अब्दुल रहमानको विषयमा विवाद सुरु भएको बताइएको छ । विधानविपरीत उनलाई वरिष्ठ उपाध्यक्ष बनाउन खोजिएपछि विवाद सुरु भएको र कुटपिटको तहसम्म पुगेको बताइएको छ ।

    यस्तै उनले लेखेको निवेदनमा भनिएको छ, ‘नेपाली राजदुतले कानुनी प्रक्रिया अघि नबढाई, रोकेर कुटपिटका अभियुक्तहरु संग बारम्बार छलफल गर्नु र उल्टै मलाई मुद्दा झिक्न लगाउनु र जो म उक्त घटना बाट पिडित छु, मलाई २५ देखि ३० जनाले दुताबासको बैठक कक्षको ढोका थुनेर कान फुट्ने गरि कुटपिट गरिएको छ, उक्त कुटपिट पश्चात मैले हार-गुहार गर्ने क्रममा सामाजिक गुहार मागेको बिषय लाई लिएर उल्टै मेरा बिरुद्द मुद्दा दर्ता गर्नुले कानुनी राज्यको बर्खिलाब भएको छ।’

    उनले योजनाकारहरु मुक्तादा, आइसिसी सदस्य नरेश श्रेष्ठ र कुटपिटमा संलग्न अब्दुल रहमान, राम बहादुर हमाललाई हदै सम्मको सामाजिक बहिस्कार र कतार तथा अन्तराष्ट्रिय कानुन बमोजिम फौजदारी सजाय गराउन अनुरोध गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार