Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एमाले सचेतक बर्तौलाले भने – सुनकाण्डमा सरकारले अनावश्यक अडान नलिँदा राम्रो

    एमाले सचेतक बर्तौलाले भने – सुनकाण्डमा सरकारले अनावश्यक अडान नलिँदा राम्रो

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 444
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले एमालेको अडान सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने मात्र रहेको बताएका छन् ।

    सचेतक बर्तौलाले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नगर्ने भनेर अनावश्यक अडान नलिन सरकारलाई आग्रह गरेको हुन् । सचेतक बर्तौलाले उच्चस्तरीय छानबिन समिति सत्तापक्ष प्रतिपक्ष र सिंगो देशको लागि आवश्यक विषय भएको बताए ।



    सचेतक बर्तौलाले भने,‘यसमा सरकारले अनावश्यक अडान नलिँदा राम्रो हुन्छ । राज्यका संयन्त्रलाई साथ लिएर अनुसन्धानलाई प्रभावकारी बनाएर जरैसम्म पुगौं । डराउनुपर्ने कारण छैन। तस्करलाई कानूनको कठघरामा ल्याउने सरकारको अभियान हो भने हाम्रो माग पनि तपाईंहरुलाई सहयोग हुने खालको छ ।’



    सचेतक बर्तौलाले संसद् खुलाउने बारेमा सरकार पक्ष जिम्मेवार नभएको आरोप लगाए । प्रतिपक्षीले उठाएको मागप्रति डराउनुपर्ने कारण नभएको उनको भनाई छ ।

    सचेतक बर्तौलाले छानबिन समितिका लागि कार्यादेश बनाएर जान आग्रह गरेको तर सत्तापक्षले नमानेको बताए । उनले सत्तापक्ष संसद् नखुलेकोमा दोष प्रतिपक्षलाई लगाउने तर आफ्नो अभिष्ट पूरा गर्नेगरी अघि बढेको उल्लेख गरे ।

    एमालेले गत साउन २ गते विमानस्थल भन्सार कार्यालयबाट भित्रिएको एक क्वीन्टल बढी तस्करीको सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने यसअघिदेखि उठाउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार