Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • उत्तर कोरियाली सेनाको शीर्ष जनरल बर्खास्त

    उत्तर कोरियाली सेनाको शीर्ष जनरल बर्खास्त

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 864
    SHARES

    एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले सेनाको शीर्ष जनरललाई बर्खास्त गरेको छ । सो बर्खास्तीपछि राष्ट्रपति किम जोङले युद्धको सम्भावनाको लागि थप तयारी गर्न निर्देशनसमेत दिएका हुन् ।

    जसअनुसार उनले भनेका तयारीहरूमा हतियार उत्पादन प्रवर्द्धन र सैन्य अभ्यासको विस्तार जस्ता कुराहरू आह्वान गरिएको छ ।



    किमले केन्द्रीय सैन्य आयोगको बैठकमा उत्तर कोरियाका शत्रुहरूलाई रोक्न बदला लिने उपायहरूबारे छलफल गर्ने क्रममा उक्त जानकारी दिए ।



    सेनाका शीर्ष जनरल चिफ अफ द जनरल स्टाफ पाक सु इलको स्थानमा जनरल रि योङ गिललाई मनोनयन गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार