Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उत्तर कोरियाली नेता किमले रुस भ्रमण लम्ब्याए

    उत्तर कोरियाली नेता किमले रुस भ्रमण लम्ब्याए

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 792
    SHARES

    एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले अप्रत्याशित रूपमा आफ्नो रुस भ्रमण लम्ब्याएका छन् ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गरेपछि किमले भ्रमण लम्ब्याएका हुन् । पुटिन भने रुसको उत्तरी शहरमा किमसँग शिखर वार्ता गरेर मस्को फर्किसकेका छन् ।



    दुई नेताबिच हतियार समझौताबारे छलफल भएको बुझिएपनि दुबै देशले यसबारे केही प्रतिक्रिया जनाएका छैनन् ।



    किमले उत्तर कोरिया भ्रमण गर्न रुसी राष्ट्रपतिलाई निमन्त्रणा दिएको र पुटिनले पनि कृतज्ञतापूर्वक यसलाई स्विकार गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार