Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सुनिल शर्मा भन्छन् – ओलीजस्ता मान्छे नभए राज्यले आफूहरुलाई मार्छ, भोलि भेट्न जाँदैछु

    सुनिल शर्मा भन्छन् – ओलीजस्ता मान्छे नभए राज्यले आफूहरुलाई मार्छ, भोलि भेट्न जाँदैछु

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीजस्ता मान्छे नहुने हो भने आफूहरुलाई राज्यले मार्ने बताएका छन् । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेर शुक्रबार राति रिहा भएका शर्माले एक भिडियो अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

    उनले विपि कोइरालालाई मदन भण्डारीले प्रशंसा गरेको प्रसंग निकाल्दै ‘अनि हामीले उहाँ (ओली) को प्रसंशा गर्न नहुने ? सलुट गर्छु केपी ओलीलाई’ भन्दै प्रश्न गरे । उनले ओलीको खुट्टा ढोग्ने समेत बाचा गरे ।



    ‘म मदन भण्डारीलाई जस्तै केपी ओलीलाई पनि रेस्पेक्ट गर्छु’, शर्माले भिडियो अन्तर्वार्तामा भनेको छन्, ‘म उहाँलाई भोलि बिहान भेट्न जाँदैछु, जानुहुन्छ ? आउनुहोस् सँगै जाऊँ । म भोलि बिहान उहाँलाई भेट्न जाँदैछु । टाइम मागेको छु, म उहाँको खुट्टा छुन्छु।’



    सांसद शर्मालाई आइएससीको सर्टिफिकेट किर्ते गरेको आरोपमा बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार