Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुन तस्करीमा सरकार पक्षकै प्रत्यक्ष संलग्नता छ : केपी ओली

    सुन तस्करीमा सरकार पक्षकै प्रत्यक्ष संलग्नता छ : केपी ओली

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 981
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा सरकारकै उच्च नेतृत्व संलग्न रहेको आरोप लगाएका छन् ।

    आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको भन्दै यही सरकार रहे मुलुक असफल राष्ट्र बन्ने दाबी गरे ।



    अध्यक्ष ओलीले भने,‘सरकारको अयोग्यता, नालायकिपन वा लाचारी के हो ? सुन तस्करीमा सरकारको संलग्नता छैन भने किन तर्सिन्छ ? हामीले आफ्ना कार्यकर्ता राखेर होइन, न्यायिक छानबिन भनेका छौ ।’



    अध्यक्ष ओलीले सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने बताए । वहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार