Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मुस्ताङको कागबेनीमा बाढी, प्रहरी चौकी र पुल बगायो

    मुस्ताङको कागबेनीमा बाढी, प्रहरी चौकी र पुल बगायो

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 726
    SHARES

    मुस्ताङ । मुस्ताङमा कागखोला थुनिएर आएको बाढीले आइतबार राती १० घर सहित एउटा निर्माणाधीन पक्की पुल बगाएको छ ।

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको हो ।



    मानवीय क्षति भने भएको छैन ।कागबेनी र छुसाङ जोड्ने पक्की पुल बगाएपछि कागबेनीसँग अपर मुस्ताङको सडक सम्पर्क टुटेको छ ।



    कागखोलामा आएको बाढी तल कागबेनी बस्तीमा छिरेपछि १० वटा घर/होटल, प्रहरी चौकी, जोमसोम–कोरोरा सडकको पक्की पुल, एउटा झोलुङ्गे पुल, २ वटा गाडी र तीन वटा विद्ययुतीय पोल बगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार