Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सेयर बजारमा दोहोरो अंकले वृद्धि, सबै समूहमा छायो हरियाली

    सेयर बजारमा दोहोरो अंकले वृद्धि, सबै समूहमा छायो हरियाली

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 525
    SHARES

    काठमाडौं । सेयर कारोबारको चौथो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार धितोपत्र दोस्रो बजारका सबै समूहगत परिसूचकमा हरियाली छाएको छ ।

    यस दिन सर्वाधिक कमाउनेमा हाइड्रोपावर र जीवन बिमा समूहका लगानीकर्ता रहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार यी दुई समूहको परिसूचक कारोबारमा आएका अरू समूहभन्दा बढी बढेको छ । नेप्से परिसूचक २९.४७ अंकले २०४५.४५ विन्दुमा पुगेको छ।



    सेन्सेटिभ इण्डेक्स ४.३० विन्दुले बढेको छ। आज २७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता सेयर १ अर्ब ५१ करोड ४ लाख ८८ हजार ९८४ रुपैयाँमा खरिदबिक्री भयो।



    आज कुथेली बुखारी स्माइल हाइडोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा घोराही सिमेन्ट शीर्षस्थानमा रह्यो । सो कम्पनीको ७ करोड ५७ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार