Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ३४ अंकले बढ्यो सेयर बजार, ४ अर्बभन्दा बढीको सेयर कारोबार

    ३४ अंकले बढ्यो सेयर बजार, ४ अर्बभन्दा बढीको सेयर कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 606
    SHARES

    काठमाडौं । सेयर बजार मंगलबार ३४.१७ अंकले बढेकाे छ । मंगलबार नेप्से सूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा आएको छ ।

    आज सबै समूहको सेयर बढेकोमा बीमा, होटल र व्यापार समूहको सेयर उच्च अंकले उकालो लागेको छ । मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।



    २७० वटा कम्पनीका एक करोड आठ लाख कित्ता सेयर चार अर्ब १२ करोड ६६ लाख रुपैयाँमा कारोबार भएका छन् । याे कारोबार रकम करिब ६ महिनायताकै उच्च हो ।



    २७ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । मंगलबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार