Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बिदापछिको खुलेको सेयर बजार दोहोरो अंकले बढ्यो

    बिदापछिको खुलेको सेयर बजार दोहोरो अंकले बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 762
    SHARES

    काठमाडौँ । सेयर बजारमा दोहोरो अंकको वृद्धि आएको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर बजार परिसूचक नेप्से १६.३९ अंकले बढ्दै १८७४.८७ अंकमा उक्लिएको हो ।



    यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.९३ अंकले बढ्दै ३७०.८६ अंकमा उक्लिएको छ ।



    आज डेभलपमेन्ट बैंक समूहको उपसूचक बाहेक अन्य १२ वटा उपसूचक धनात्मक भएका छन् । आज होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा बढी १.६५ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको उपसूचक १.५२ प्रतिशतले, ट्रेडिङ समूह १.१४ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचक १.५९ प्रतिशतले बढेको छ ।

    नेप्से सूचक १६ अंकमाथिले बढेको बजारमा आज कुल ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार