Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • शेयर बजार ६ अङ्कले घट्याे, कारोबार रकम २ अर्ब माथि

    शेयर बजार ६ अङ्कले घट्याे, कारोबार रकम २ अर्ब माथि

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको दोस्रो कारोबारमा ६ अंकले घटेको छ।

    सोमबार सेयर बजार परिसूचक ६.४३ अंक घटेर १९५८.९४ मा झरेको छ।



    आज निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।



    आज कारोबार रकम भने बढेको छ । दुई सय २४ वटा कम्पनीकाे ४९ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार