Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्राधिकरणविरुद्ध बालेनको मुद्दा उच्च अदालतले गर्‍यो खारेज, ५० हजार जरिवाना हुनसक्ने

    प्राधिकरणविरुद्ध बालेनको मुद्दा उच्च अदालतले गर्‍यो खारेज, ५० हजार जरिवाना हुनसक्ने

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 864
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ ।

    बुधबार उच्च अदालतका न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र रमेश ढकालको इजलासले प्राधिकरणविरुद्ध बालेनले दायर गरेको रिट खारेज गरिदिएको हो ।



    प्राधिकरणले सात दिनभित्र स्पष्टीकरण दिन भनेपछि मेयर बालेनले उक्त निर्णय बदर गर्न माग गर्दै उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।



    त्यतिबेला अदालतले बालेनको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरी अल्पकालीन आदेशमात्र जारी गरेको थियो । अदालतले अन्तरिम आदेशबारे थप छलफलका लागि असार १२ गते दुवै पक्षलाई बोलाएको थियो ।

    रिट खारेज भएसँगै अब बालेनले प्राधिकरणले मागेको स्पष्टीकरणको जवाफ दिनुपर्ने छ । जवाफ पेस नगरे बालेनलाई प्राधिकरणले ५० हजार रुपैयाँसम्मको जरिवाना तिराउने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार