Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • देउवापत्नी आरजुलाई सभापति बनाउन एमाले र माओवादी समर्थक

    देउवापत्नी आरजुलाई सभापति बनाउन एमाले र माओवादी समर्थक

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 3.5K
    SHARES

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवापत्नी एवं सांसद आरजु राणा देउवाले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

    सत्तारुढ दल र विपक्षीको भागबण्डामा कांग्रेस कोटाको कृषिमा आरजुले उम्मेदवारी दर्ता गराएकी हुन् ।



    आरजुको प्रस्तावकमा कांग्रेसका वीरबहादुर बलायर तथा समर्थकमा एमालेका सूर्यप्रसाद ढकाल र माओवादीकी रुपा चौधरी छन् । प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।



    प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले १० वटै विषयगत समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा अनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार