Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सन नेपाल लाइफको आईपिओ बाँडफाँड, ७ लाख ६८ हजारले पाए शेयर !

    सन नेपाल लाइफको आईपिओ बाँडफाँड, ७ लाख ६८ हजारले पाए शेयर !

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड गरिएको छ। सन नेपाल लाइफको आईपीओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिएको हो ।

    कम्पनीले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।



    यो आईपीओमा १४ लाख ६६ हजार ८६२ आवेदकबाट कुल १ करोड ६४ लाख ६३ हजार ५८० कित्ता सेयर माग भएको थियो। जसमा १४ लाख ६० हजार ६१ आवेदकबाट परेको १ करोड ६३ लाख ५८ हजार २१० कित्ता सेयर सदर भएको छ भने बाँकी ६ हजार ८०१ आवेदकबाट माग भएको १ लाख ५ हजार ३७० कित्ता सेयर बदर भएको छ।



    मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यस हिसाबले सदर आवेदकमध्ये ६ लाख २१ हजार ९३९ आवेदकको हात खाली भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार