Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ‘हेलो सरकार ११११’ को सेवा थप प्रभावकारी बनाउन सरकारले गर्‍यो एनसेलसँग सहकार्य

    ‘हेलो सरकार ११११’ को सेवा थप प्रभावकारी बनाउन सरकारले गर्‍यो एनसेलसँग सहकार्य

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । सरकारले प्रदानगर्दैआएको ‘हेलो सरकार’को टोलफ्रीनम्बर ११११ को सेवालाई अझै प्रभावकारी बनाउन एनसेल आजियाटा लिमिटेडले सरकारसँग सहकार्य गरेको छ ।

    आइतबार ‘हेलो सरकार’को सेवालाई अझविस्तारित बनाउँदै शुभारम्भ गरिएको उद्घाटन कार्यक्रममा एनसेलबाट पनि ‘हेलो सरकार’को हटलाइन नम्बरमा कल गर्न सकिने घोषणा गरिएको हो ।



    यससँगै अब एनसेलकाग्राहकले पनि ‘हेलो सरकार’को यो नम्बरमा निःशुल्क कल गरी आफ्ना गुनासा राख्न सक्छन् ।



    विस्तारित सेवाको उद्घाटन गर्दै प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ले सरकार र जनताबीचको सम्बन्धथप सुदृढ बनाउन ‘हेलो सरकार’ तीन सिफ्टमा चौबीसै घण्टा सञ्चालनमाआउनु खुसीको कुरा भएको बताए ।

    ‘हेलो सरकार’ र एनसेलको सहकार्यबारे  बोल्दै उनले भने, “हेलो सरकारमा एनसेल पनि जोडिन आएकोमा धन्यवाददिन चाहन्छु ।”‘हेलो सरकार’ आम नागरिकका गुनासा र सुझाव सुनवाइ लागि सरकारले विगत १२ वर्षदेखि सञ्चालन गर्दै आएको विशेष संयन्त्र हो ।

    “जनगुनासा सुन्नकालागि ‘हेलो सरकार’ उदाहरणीय संयन्त्रहो । सार्वजनिक सेवाप्रवाहलाई अझै प्रभावकारी बनाउनका सरकारसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौं,”का एनसेल प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।

    एनसेलकाग्राहकले ‘हेलो सरकार’को ११११ नम्बरमाभदौको पहिलो सातादेखि नै निःशुल्क कल गर्न सक्ने भएकाथिए । प्रधानमन्त्री कार्यालयले यसको औपचारिक घोषणा आइतबार गरेको हो ।

    आइतबारको कार्यक्रममाप्रधानमन्त्रीकार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले अब एनसेलबाट पनिकललाग्ने व्यवस्थामिलाइएको बताए । ‘हेलो सरकार’लाई थपप्रभावकारी बनाउन ‘रÞ्यापिड रेस्पोन्स टिम’समेत गठन गरी कार्यान्वयनमा ल्याइएको मुख्यसचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिए ।

    प्रधानमन्त्री कार्यालयका अनुसार नागरिकले फोन बाहेक इमेल, फेसबुक, ट्विटर, हेलो सरकार पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनिआफ्नागुनासा र सुझाव टिपाउन सक्छन् ।

    एनसेलको बारेमा

    एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजीमोबाइल सेवा प्रदायक कम्पनीहो । सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभप्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

    सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिकमोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ ।

    यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ । एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गतआर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथाअन्यशुल्क गरी विभिन्नशीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ ।

    त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । एनसेल, आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो ।

    आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्रल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मापब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार