Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • शुल्क पुनरावलोकन गर्न इन्जिनियरिङ अध्ययन संस्थानद्धारा समिति गठन

    शुल्क पुनरावलोकन गर्न इन्जिनियरिङ अध्ययन संस्थानद्धारा समिति गठन

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले बढेको शुल्क पुनरावलोकनका लागि समिति गठन गरेको छ ।

    त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले सहप्राध्यापक हरिराम पराजुलीको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरेको हो।



    समितिमा थापाथली, पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापतिहरू पनि सदस्य छन्। यसअघि ३ लाख १३ हजार रुपैयाँ रहेको इन्जिनियरिङ अध्ययनको शुल्क वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्‍याइएको थियो।



    उक्त शुल्कवृद्धिको विरोधमा पुल्चोक क्याम्पसमा अध्ययनरत छात्र सुलभ चापागाईले आमरण अनसन गरेका थिए। विभिन्न विद्यार्थी संघ संस्थाहरुले शुल्क वृद्धिको विरोध गर्दै बालुवाटार घेराउ समेत गरेका थिए।

    त्रिवि र आन्दोलनरत विद्यार्थीहरुबीच शुल्क वृद्धि फिर्ता लिने सहमति भएपछि विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए। उक्त सहमतिपछि बनेको शुल्क पूनरावलोकन समितिले विभिन्न शैक्षिक कार्यक्रमका लागि निर्धारण गरिएको शुल्कमा पूनरावलोकन गरी ७ दिन भित्र प्रतिवेदन पेस गर्न भनेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार