Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • २८ अंकले घट्यो शेयर बजार परिसूचक नेप्से

    २८ अंकले घट्यो शेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन आज पनि सेयर बजार घटेको छ । बजार परिसूचक नेप्से २८.९२ अंकले गिरावट हुँदा १९३२.४५ को बिन्दुमा बन्द भएको हो।

    मंगलबार १९६१.३७ को बिन्दुमा बन्द भएको थियो । बिहीबार नेप्से १.४७ प्रतिशतले गिरावट भएको हो । बिहीबार नेप्सेका सबै उपसूचकमा गिरावट हुँदा हाइड्रोपावरका लगानीकर्ता सबैभन्दा निराश बनेका छन् ।



    हाइड्रोपावर कम्पनीहरुको उपसूचक २.५२ प्रतिशतले गिरावट हुँदा अन्य उपसूचक २.०४ प्रतिशले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक पनि १.०७ प्रतिशतले गिरावट भएको हो ।



    बिहीबार नेप्सेमा गिरावट भएपनि कारोबारमा भने केही सुधार देखिएको छ । गत सोमबार १ अर्ब माथिकै कारोबार भएपनि मंगलबार भने करिब ८० करोडमा सीमित भएको थियो । तर बिहीबार कारोबार रकम पुन १ अर्ब नाघेको छ ।

    नेप्सेमा ३२ हजार १३९ वटा कारोबारमा ३७ लाख ६९ हजार ३३ कित्ता सेयर कारोबार हुँदा १ अर्ब १५ करोड ९ लाखको कारोबार भएको हो । बिहीबार नेप्सेमा कुल २२८ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ ।

    जसमध्ये २०३ कम्पनीको सेयरमूल्य गिरावट हुँदा २१ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । त्यस्तै ४ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार