Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आत्महत्या रोकथाम हटलाइन ११६६ मा एनसेलबाट पनि निःशुल्क फोन गर्न सकिने

    आत्महत्या रोकथाम हटलाइन ११६६ मा एनसेलबाट पनि निःशुल्क फोन गर्न सकिने

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । आत्महत्या रोकथामका लागि सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय हेल्पलाइन ११६६ मा अब एनसेलका ग्राहकहरुले निःशुल्क फोन गरि मनोचिकित्सक तथा मनोपरामर्शदातासँग आवश्यक परामर्श लिन सक्छन् । यसका लागि एनसेल आजियाटा लिमिटेड र मानसिक अस्पतालले सहकार्य शुरु गरेको छ ।

    हालै मात्र विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक अस्पताल, लगनखेलमा आयोजित एक कार्यक्रममा एनसेलले यस हेल्पलाइनको लागि सिम सहितको ह्याण्डसेट सोलुसन्स हस्तान्तरण गरेको छ । यससँगै अब यो हटलाइनमा एनसेल नेटवर्कबाट पनि फोन लाग्ने भएको हो ।



    आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाइन ११६६ मा एनसेलबाट पनि सेवाको पहुँच सुनिश्चित भएको अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने–‘हामी सबैको जीवनमा स्वस्थ मानसिक स्वास्थ्यले ठूलो भूमिका राख्दछ । राष्ट्रिय हेल्पलाइनमा आबद्ध भई यो सेवालाई अझ प्रभावकारी बनाउनका लागि योगदान पुर्याउन सहकार्य गर्न पाएकोमा हामी हर्षित छौं ।’



    कुनै पनि व्यक्तिमा आत्महत्याको सोच आए, कोही व्यक्तिले त्यस्तो व्यवहार देखाए, आत्महत्याको अवस्थाबाट उनीहरुलाई बचाउने उद्देश्यले सरकारले यो हेल्पलाइन सुरु गरेको हो । कार्यक्रममा मानसिक अस्पतालका निर्देशक डा. अनन्त प्रसाद अधिकारीले भने–‘आत्महत्याको सोच र अन्य मानसिक स्वास्थ्य समस्याहरुका बारेमा फोन आउने क्रम बढिरहेको हाम्रो तथ्याङ्कले देखाउँछ । यस्तो अवस्थामा एनसेलको यो सहकार्यले ठूलो महत्व राख्छ र अमुल्य जीवनहरु बचाउन योगदान पुर्याउने छ ।’

    जहिले मनमा गाह्रो महशुस हुने, तनाव हुने, आफैलाई हानि पु¥याउन वा दुख दिन मन लाग्ने जस्ता लक्षणहरु देखिएमा तत्काल यस हटलाइनमा फोन गरि तालिम प्राप्त मनोपरामर्शदातासँग परामर्श गरि त्यस्ता सोचहरुबाट बाहिर आउन मद्दत लिन सकिने मानसिक अस्तपालले जनाएको छ । सरकारले विश्व स्वास्थ्य सङ्गठन र टिपिओ नेपालको सहयोगमा मानसिक अस्पताल, लगनखेल पाटनबाट यो सेवा सञ्चालन गर्दै आएको छ ।

    एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

    सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ ।

    एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गत आर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

    एनसेल, आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार