Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नयाँ विद्यालय खोल्न अनिवार्य शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने

    नयाँ विद्यालय खोल्न अनिवार्य शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 576
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नयाँ खुल्ने विद्यालय अनिवार्य शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने भएको छ ।

    सरकारले नयाँ विद्यालय अनिवार्य शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने प्रावधानसहित बुधबार शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गरेको हो ।



    संविधान जारी भएको ८ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न संशोधनसहित विधेयक दर्ता गरिएको छ।



    देश संघीयतामा गएको ८ वर्ष वितिसकेपनि शिक्षा ऐन नआउँदा संघीयतामा शैक्षिक प्रणाली कस्तो हुने भन्ने अन्योल थियो ।

    तर अहिले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका निजी विद्यालयको हकमा भने गुठीमा जान वा अहिलेकै अवस्थामा सञ्चालन गर्न सकिने प्रावधानमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार