Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • शिक्षा विधेयकविरुद्ध आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

    शिक्षा विधेयकविरुद्ध आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकले गरेका व्यवस्थामा असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेको छ ।

    संसदमा दर्ता भएको विद्यालय शिक्षा ऐन २०८० को विधेयकमाथि गम्भीर आपत्ति जनाउँदै महासंघले सडक आन्दोलनको घोषणा गरेको हो ।काठमाडौंमा पत्रकार सम्मलेलन गरेर विधेयक संशोधन गर्न १८ बुँदे मागअघि सारिएको छ ।



    माग पुरा नभए असोज ३ गतेबाट शिक्षकहरु काठमाडौंको सडक आन्दोलनमा जुट्ने महासंघले जनाएको छ । शिक्षा मन्त्रालयले विधेयक बुधबार प्रतिनिधि सभामा दर्ता गराएको छ ।



    त्यसमा शिक्षकको नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिइएको छ । शिक्षकहरुले भने यो भूमिका संघ अन्तर्गतको जिल्ला शिक्षा कार्यालयलाई मात्र यस्तो अधिकार हुनुपर्ने माग गरेका छन् ।

    विधेयकमा जिल्ला शिक्षा कार्यालय पुनर्स्थापना गर्ने व्यवस्था राखिएको छ । तर यो व्यवस्था संविधानविरोधी हुने भन्दै स्थानीय तहका जनप्रतिनिधिले विरोध गर्दै आएका छन् ।

    महासंघले विधेयकको विभिन्न १७ बुँदामा असहमति जनाउँदै संशोधन गरेर जानुपर्ने बताएको छ । महासंघले सडक आन्दोलन आफूहरूको रहर नभएर बाध्यता भएको बताउँदै माग सम्बोधन नभएसम्म सडक आन्दोलन नरोकिने चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार