Online Nepal
  • बिहिबार, ४ असोज २०८०
  • नेप्सेमा ४२ दशमलव १४ अङ्कको गिरावट, २ अर्ब बढिको कारोबार

    नेप्सेमा ४२ दशमलव १४ अङ्कको गिरावट, २ अर्ब बढिको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 693
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा ४२ दशमलव १४ अङ्कले घटेको छ।

    नेप्से परिसूचक दुई दशमलव ०९ प्रतिशतले घटेर एक हजार ९ सय ६४ दशमलव ९१ अङ्कमा कायम भएको हो।



    अघिल्लो साताको अन्तिम कारोबारका दिन दोहोरो अंकले बढेर बन्द भएको शेयर बजार आज ४२.१४ अंकले गिरावट भएको छ ।



    आइतबार दुई सय ७८ कम्पनीको ५६ लाख ५९ हजार चार सय ५८ कित्ता शेयर ७२ हजार चार सय ७७ पटक खरिद-बिक्री हुँदा रू दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार ६ सय १० बराबरको कारोबार भएको छ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै २७ करोड ५४ लाख ७३ हजार ७२ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चार लाख ८७ हजार एक सय ८६ कित्ता शेयर खरिद-बिक्री भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार