Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सरकारले आह्वान गरेको वार्तामा शिक्षकहरु गएनन्, भोलिबाट विद्यालय बन्द

    सरकारले आह्वान गरेको वार्तामा शिक्षकहरु गएनन्, भोलिबाट विद्यालय बन्द

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले आह्वान गरेको वार्ता नेपाल शिक्षक महासंघले बहिस्कार गरेको छ । बुधबारबाट आन्दोलनको कार्यक्रम घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर आज दिउँसो ३ बजे वार्तामा बोलाएको थियो । तर शिक्षकहरु वार्तामा नगएका हुन् ।

    शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता समिति गठन गरी मन्त्रालयले आह्वान गरेपनि उनीहरू अनुपस्थित भएका हुन् । संसदमा शिक्षा सम्बन्धि विधेयक दर्ता भइसकेकाले शिक्षा मन्त्रालयले गर्ने वार्ताबाट समस्या समाधान नहुने भएकोले वार्तामा नगएको शिक्षक महासंघले जनाएको छ ।



    शिक्षा विधेयकमा असहमति जनाउँदै काठमाडौं केन्द्रित विरोधका कार्यक्रम घोषणा गरेका शिक्षकहरु धमाधम काठमाडौं आइरहेका छन् । महासंघ अध्यक्ष कमला तुलाधार र महासचिव लक्ष्मीकिशोर सुवेदीले विज्ञप्ति जारी गरेर आन्दोलन जारी रहने बताएका छन् ।



    उनीहरुले ३ गतेबाट देशभरिका विद्यालय बन्द गरी काठमाडौंमा गरिने सडक आन्दोलन सहभागी हुन सबै शिक्षक कर्मचारीहरुलाई आह्वान गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार