Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता, सकारात्मक छलफल

    सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता, सकारात्मक छलफल

    पुनः वार्तामा बस्ने सहमति

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 3.3K
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता भएको छ । उनीहरुबीच बिहीबार बिहान सिंहदरबारमा वार्ता भएको हो ।

    वार्तामा दुवै पक्षका मागहरुको सन्दर्भमा सकारात्मक छलफल भएको र समस्या समाधान गर्न दुवै पक्ष तयार भएको बताइएको छ । यस्तै पुनः वार्ता गर्नेगरी वार्ता सकिएको छ । वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री अशोक राईलगायत सहभागी थिए । वार्ता ८ बजेदेखि ९ बजेसम्म भएको थियो ।



    आन्दोलनरत शिक्षकका तर्फबाट नेपाल राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष कमला तुलाधार, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए । संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन सुरु गरेका छन् ।



    आज पनि आन्दोलन जारी राख्ने बताएका शिक्षकहरु आन्दोलनकै बीचमा वार्ताका माध्यमबाट आफूहरुको समस्या समाधानमा जुटेका हुन् । शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ । विद्यालय बन्दको घोषणा नै गरेर शिक्षकहरुले आन्दोलन थालेसँगै आजदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार