Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • मलद्वारमा लुकाएर ल्याएको लागुऔषधसहित पाँचजना पक्राउ

    मलद्वारमा लुकाएर ल्याएको लागुऔषधसहित पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 1.9K
    SHARES

    उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका –६ बेलटारबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले सोमवार पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा चौदण्डीगढी नरपालिका– ६ का विनोद राई, विदुर राई, विशाल राई, मनोज राई र प्रवेश चौहान छन् ।



    उनीहरूले उक्त लागुऔषध मलद्वारमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।



    उनीहरूको साथबाट फेनारागन १४ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाइजेपाम ६, लेबल नभएको ९ एम्पुल गरी ३५ एम्पुल बरामद गरिएको छ । उनीहरूलाई १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहको उदयपुर प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार