Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • साताको अन्तिम कारोबार दिन ११ अंकले घट्यो नेप्से

    साताको अन्तिम कारोबार दिन ११ अंकले घट्यो नेप्से

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 945
    SHARES

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ ।

    बिहीबार बजार परिसूचक नेप्से ११.०४ अंकले गिरावट हुँदा १९५६.९२ को विन्दुमा बन्द भएको हो ।



    नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ । मंगलबार १७.५६ अंकले गिरावट भएको नेप्से बुधबार ९.२४ अंकले वृद्धि भएको थियो ।



    तर, बिहीबार पुनः सोमबारको क्लोजिङ विन्दुबाट ०।५६ प्रतिशतले गिरावट भएको हो । बिहीबार कारोबार रकम थप घटेर १ अर्ब १० करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ ।

    ५० हजार ६९ वटा कारोबारमा ३५ लाख ६२ हजार ६२४ कित्ता सूचीकृत कम्पनीको सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

    बिहीबार कारोबार भएकोमध्ये सिटिजन्स लाइफको सर्वाधिक ४ करोड ४३ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड १८ लाख र सोल्टी होटलको ३ करोड ९ लाखको कारोबार भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार