Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • जेलमा रहेकी मानव अधिकारकर्मी मोहम्मादीले पाइन् नोबेल शान्ति पुरस्कार

    जेलमा रहेकी मानव अधिकारकर्मी मोहम्मादीले पाइन् नोबेल शान्ति पुरस्कार

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 681
    SHARES

    एजेन्सी । इरानकी मानव अधिकारकर्मी नार्गेस मोहम्मादीले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएकी छन्।

    शुक्रबार आयोजित एक कार्यक्रमबीच रोयल स्विडिस एकेडेमीले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता घोषणा गरेको हो । ५१ वर्षीया मोहम्मादी अहिले जेलमा छन्।



    इरानी सरकारले उनलाई १३ पटक गिरफ्तार गरेको थियो भने ५ पटक दोषी ठहर गरेको थियो।नोबेल पुरस्कार समितिले मोहम्मादीलाई इरानमा महिलामाथि हुने दमनविरूद्ध उनले गरेको लडाइँ र मानव अधिकार प्रवर्द्धन र सबैको स्वतन्त्रताका लागि गरेको योगदानका लागि नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो।



    नरगिसले पत्रकारका रूपमा इरानमा लामो समय काम गरेकी छिन् । उनले पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएकी थिइन् ।

    उनलाई यसै वर्ष संयुक्त राष्ट्र संघले प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गरेको थियो । नरगिससहित इरानी अन्य दुई पत्रकार निलोफर हमिदी र एलाहेह मोहम्मदीलाई राष्ट्र संघले गत मेमा प्रेस स्वतन्त्र पुरस्कार दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार