Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रचण्ड सरकार असफल भइसक्यो, यो सरकारको काम छैन : केपी ओली

    प्रचण्ड सरकार असफल भइसक्यो, यो सरकारको काम छैन : केपी ओली

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 438
    SHARES

    जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् ।

    एमालेको मधेस प्रदेशको अधिवेशन उद्घाटनका लागि जनकपुर पुगेका अध्यक्ष ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार असफल भएको दाबी गरेका हुन् ।



    अध्यक्ष ओलीले यो सरकार कहिले ढल्ने आफूले भन्न नसके पनि यो सरकार यही अवस्थामा रहनै नहुने बताए ।



    अध्यक्ष ओलीले भने, ‘कहिले ढल्छ त्यो नभनौं । तर, यो सरकारको काम छैन ।’

    उनले एमाले सही विचार भएको पार्टी भएको र सही विचारका कुरालाई कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको संकल्प बोकेर हिँडेको पार्टी भएको बताए ।

    उनले देशको राजनीतिक, आर्थिक र समाजलागायतका विषयमा अरू पार्टीका नेतासँग छलफल हुने गरेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार