Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गाजाको अस्पतालमा गरिएको आक्रमणको कडा शव्दमा निन्दा र भत्सना गर्दछौँ  : एमाले

    गाजाको अस्पतालमा गरिएको आक्रमणको कडा शव्दमा निन्दा र भत्सना गर्दछौँ  : एमाले

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको भत्सर्ना गरेको छ । इजरायल र प्यालेष्टाइनको हमास समूहबीच भइरहेको युद्धका क्रममा गएराति अस्पतालमा आक्रमण भएको थियो ।

    उक्त आक्रमण परि ५०० जना बढी नागरिकको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक विज्ञप्तिमा जारी गरी गएराति अस्पतालमा भएको आक्रमणको भत्सर्ना गरेका हुन् ।



    ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा, आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले हामी स्तब्ध भएका छौं ।’



    सिङ्गो अस्पताल भवन नष्ट हुनु र बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुने एमालेले जनाएको छ ।

    ओलीले विज्ञप्तिमा भनेका छन्–’रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जाति निन्दा गरे पनि कमी हन्छ । हामी यस आक्रमणको कडा शव्दमा निन्दा र भत्सना गर्दछौँ ।’

    एमाले शान्तिको पक्षमा रहेको उल्लेख गर्दै जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्ने बताएका छन् ।

    ‘निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको छ’, विज्ञप्तिमा भनिएको छ–‘हामी ’यस किसिमका क्रुर र अमानवीय आक्रमण तत्काल रोकिनुपर्छ । निहत्था नागरिकलाई सुरक्षित गरिनुपर्छ ।’

    साथै, उद्दार तथा आपत्कालीन सहयोगका लागि गाजापट्टीमा मानवीय सहायता प्रदायकहरू जानका लागि अनुमति दिनुपर्छ’ भन्ने मान्यता राख्ने बताएका छन्। सबैखाले आक्रमण रोक्न सम्बन्धित पक्षलाई आह्वान समेत गरेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार