Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रवि लामिछानेको आग्रह – पार्टी कार्यालयमा पर्व विशेषका उपहार नपठाउनू

    रवि लामिछानेको आग्रह – पार्टी कार्यालयमा पर्व विशेषका उपहार नपठाउनू

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 483
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दसैंलगायत पर्वका नाममा उपहार नपठाउन आग्रह गरेका छन्।

    विहीबार सामाजिक सञ्जालमार्फत् उनले सूचना नदिई नेता विशेष वा पार्टीका नाममा उपहार पठाउन थालिएको भन्दै नपठाउन आग्रह गरेका हुन् ।



    ‘पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार अदान–प्रदान गर्ने सर्वव्यापी चलन छ। जुन हार्दिक सम्बन्ध निरन्तरताको कामनासँग जोडिन्छ। व्यक्तिको भावनात्मक पक्षसँग जोडिएको यो चलन अत्यन्तै सकारात्मक हुँदा–हुँदै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने उपहार स्वीकार नगर्ने नीति लिएको छ,’ सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।



    उनले आफ्ना लागि पनि प्रत्यक्ष वा अप्रत्यक्ष (कोही÷कसैमार्फत्) उपहार पठाउने कष्ट नगर्न भनेका छन् । ‘जुनसुकै व्यक्ति वा संस्थासँग पार्टीको सम्बन्ध उपहारको आकर्षणले भन्दा ऐजेण्डाप्रतिको ऐक्यवद्धताले निर्धारण गर्ने भएकाले यो नीतिलाई सकारात्मक सुरुआतको रुपमा ग्रहण गरिदिनुहुन सम्वद्ध सबैमा आग्रह गर्दछु,’ उनले लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार