Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड

    आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 984
    SHARES

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । हिजो (बिहीबार) सबैभन्दा उच्च मूल्यमा कारोबार भएको सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड कायम गरेको हो ।

    यसअघि गत साउन ४ गते एक लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने हिजो मात्रै हालसम्मकै उच्च प्रतितोला १ लाख १३ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।



    आज प्रतितोला तोलामा १८ सय रूपैयाँले बढेर सुनको मूल्य एक लाख १५ हजार ५ सय रुपैयाँ पुगेको छ।



    त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ४ सय रूपैयाँ कायम भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार