Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुन अहिलेसम्मकै महँगो

    सुन अहिलेसम्मकै महँगो

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 648
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत साउनमा हालसम्मकै उच्च मूल्य कायम भई नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज एक्कासी उच्च भएको हो । साउनको ४ ते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भई नयाँ रकेर्ड कायम भएको थियो ।

    उक्त रेकर्डलाई ब्रेक गर्दै बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ ।



    महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार