Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एमालेको चियापान कार्यक्रम सर्‍यो, अब १५ गते हुने

    एमालेको चियापान कार्यक्रम सर्‍यो, अब १५ गते हुने

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 369
    SHARES

    काठमाडौं । नेकपा एमालेको चियापान कार्यक्रम निर्धारित समयमा नहुने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालयका अनुसार दसैं, तिहार, छठ लगायतको पर्वको अवसरमा आयोजना हुने चियापान कार्यक्रम एक दिन पछि सरेको हो ।



    अब १५ गते एमालेको चियापान कार्यक्रम हुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट आयोजना हुने सो चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम यसअघि १४ गतेका लागि तय गरिएको थियो ।



    सोही दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण रहेकाले त्यसलाई मध्येनजर गरी चियापान कार्यक्रम एक दिन पछि सारिएको बताइएको छ ।

    चियापान कार्यक्रम एमाले मुख्यालय च्यासल ललितपुरमा आउने बुधबार दिउँसो १२ः१५ देखि सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार