Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्छ : माधव नेपाल

    कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्छ : माधव नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 531
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रलाई औद्योगीकरण गर्न लगानी बढाउनुपर्ने बताएका छन् ।

    अखिल नेपाल किसान महासङ्घद्वारा शुक्रबार आयोजित अन्तर्राष्ट्रिय जैविक पर्यावरणीय प्रयोगात्मक कृषि तालिमको उद्घाटन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो बताएका हुन् ।



    उनले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।



    नेपालले कृषि उत्पादनमा सरकारले उपलब्ध गराउने अनुदानबाट कृषि उत्पादनको लागत घट्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार