Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नेपाली सेनालाई रक्षामन्त्री खड्काको निर्देशन – ‘फास्ट ट्र्याक’ समयसिमा भित्र सक्नू

    नेपाली सेनालाई रक्षामन्त्री खड्काको निर्देशन – ‘फास्ट ट्र्याक’ समयसिमा भित्र सक्नू

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 729
    SHARES

    काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाण्डौ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण योजना थप गरिएको समयभित्र सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएका छन् ।

    शुक्रबार सिंहदरबारमा मन्त्रालयको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।



    उनले फास्ट ट्र्याकको काम आउँदो २०८३ साल चैत्र मसान्तभित्र सम्पन्न गरिसक्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाले त्यही समयमा नेपाली सेनाले त्यो आयोजनाको काम पूरा गर्नुपर्ने बताए ।



    उनले यो योजना सम्पन्न गर्ने काम थपिएको समयभन्दा पछि टार्ने अनुमति कसैलाई पनि नरहेको बताए । उनले देशकै प्रतिष्ठाकै विषय भएको यो आयोजनाको काम सम्पन्न गर्न अब नेपाली सेनाले पनि ढिलाइ नगर्ने विश्वास व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार