Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नक्कली नोटसहित वीरगञ्जबाट दुई जना पक्राउ

    नक्कली नोटसहित वीरगञ्जबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 717
    SHARES

    फाइल तस्विर

    वीरगञ्ज । नक्कली नोटसहित पर्साको वीरगञ्जमा दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका-३ का उमेश कुमार छन् ।



    वीरगञ्जको सिटी मार्केटमा कपडा खरिद गरेर नक्कली नोटहरू दिएको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।



    उनीहरुको साथबाट १ हजार दरका ३८ थान नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    उनीहरुमाथि खोटा चलन सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार