Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

    टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 606
    SHARES

    काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

    टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्धको रिटमा न्यायाधीश विनोद शर्माको इजलासमा भएको सुनुवाइले सरकारलाई लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।



    मंसिर १९ मा पूर्ण सुनुवाइको लागि पेसी तोकिएको छ । गत २७ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट भिडीओ‌ प्लाटफर्म सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको थियो ।



    सर्वोच्च अदालतमा टिकटक प्रतबन्धको उक्त निर्णयविरुद्ध छुट्टाछुट्टै १३ रिट निवेदन दर्ता भएका थिए ।

    १२ रिट निवेदनमा टिकटक प्रतिबन्धको निर्णय खारेजी माग गरिएको थियो भने १ रिट निवेदनमा नियमन गरेर मात्रै टिकटक प्रतिबन्ध खोल्नुपर्ने माग थियो ।

    सबै रिट खारेज गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार