Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ठूलो ऋण लिनेहरूले अहिले तिर्दिनँ भन्न मिल्दैन : अर्थमन्त्री महत

    ठूलो ऋण लिनेहरूले अहिले तिर्दिनँ भन्न मिल्दैन : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • बुधबार, ६ मंसिर २०८०
  • 471
    SHARES

    काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बैंकहरूबाट ठूलो परिणाममा ऋण लिनेहरूले अहिले आएर तिर्दिनँ भन्न नमिल्ने बताएका छन् ।

    भक्तपुरमा शंखधर शाख्वा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री महतले ऋण लिनेहरूले अहिले आएर तिर्दिनँ भन्दै हिँडिरहेको उल्लेख गर्दै राज्यले त्यसो गर्ने छुट नदिने बताए ।



    बैंकबाट ऋण लिने अनि त्यसलाई व्यवस्थासँग जोडेर प्रश्न गर्नु गलत भएको अर्थमन्त्री महतको भनाइ थियो ।

    अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्रका विषयलाई समेत लिएर जथाभावी बोल्दै हिँड्नेले बैंकको ऋण बढी लिएर तिर्दिनँ भन्न नमिल्ने बताए । उनले ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिनँ भन्ने प्रवृत्ति गलत भएको बताए ।

    नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई स्मरण गर्दै अर्थमन्त्री महतले सत्यको मुख बन्द हुँदा झुट कुरा प्रवाह भइरहेको बताए ।

    जनताले संघर्ष, मिहिनेत र योगदानबाट लोकतन्त्र स्थापना गरेको उनले बताए । विगतमा मुलुकको अवस्था दयनीय रहेको तर त्यसको भ्रमपूर्ण प्रचार अहिले भइरहेको अर्थमन्त्री महतको भनाइ थियो ।

    पछिल्लो समय विश्व अर्थतन्त्र नै शिथिल भएर मन्दीमा गएको बताउँदै त्यसको प्रभाव नेपालमा पनि परेको अर्थमन्त्री अर्थमन्त्री महतको भनाइ थियो ।

    उनले नेपालको अर्थतन्त्र सकारात्मक दिशामा रहेको पनि बताए । कोभिड महामारी, भूकम्प लगायतका असर भोगेर पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार