Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • उर्लाबारी आगलागी : थप एकजना घाइतेको मृत्यु

    उर्लाबारी आगलागी : थप एकजना घाइतेको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 666
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ ।

    आगलागीमा परेर गम्भीर घाइते भएका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको गएराति साढे १० बजे मृत्यु भएको हो ।



    योसँगै उर्लाबारी आगलागीमा परेर मृत्यु हुनेको संख्या २ पुगेको छ। घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा गत मंगलबार बिहान कीर्तिपुर वर्न अस्पतालमै मृत्यु भएको थियो।



    प्रहरीका अनुसार दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजा दिन आगलागी भएको थियो। आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार