Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रिय निकुञ्जभित्र होटल बनाएर ३५ लाख भ्रष्टाचार, संरक्षण अधिकृतसहित १२ जनाविरुद्ध मुद्दा

    राष्ट्रिय निकुञ्जभित्र होटल बनाएर ३५ लाख भ्रष्टाचार, संरक्षण अधिकृतसहित १२ जनाविरुद्ध मुद्दा

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 657
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    सामुदायिक वनभित्र होटल निर्माण गर्न अनुमति दिएको आरोपमा अख्तियारले चितवन राष्ट्रिय निकुञ्ज, खैरहनी नगरपालिका र विभिन्न सामुदायिक वन समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    अख्तियारले चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत, चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र इञ्जिनियर तथा विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।



    उनीहरुमाथि बजेटको दुरुपयोग गरी निकुञ्जभित्रको वन क्षेत्रमा कंक्रिट मचान निर्माण गरेको, पक्की होटल र भवन निर्माण गरेको काठ काटेको लगायतको आरोप छ ।

    अख्तियारले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, सौराहाका तत्कालिन सहायक संरक्षण अधिकृत अभिनय पाठक, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इञ्जिनियर राजेश कोइराला र सव इञ्जिनियर सुमन श्रेष्ठमाथि ३१ लाख ५९ हजार बिगो मागदावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर गुरुङमाथि एक करोड १९ लाख रुपैयाँ विगो मागदावी छ । कुमरोम सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष शम्भु जिसीमाथि ८९ लाख रुपैयाँ बिगो मागदाबी छ ।

    त्यही समूहका अर्को कालकालका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्जल बर्तौलामाथि १३ लाख ३१ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ । त्यस्तै बुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरियाविरुद्ध ७८ हजार रुपैयाँ विगो मागदाबी छ ।

    कंक्रिट मचान निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सीता दाहाल र सचिव कल्याण लटौलाविरुद्ध ३५ लाख ५० हजार रुपैयाँ विगो मागदावी सहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार